• २०८३ कार्तिक २१ गते शुक्रवार

प्रहरी प्रधान कार्यालय नक्साल नजिकै आगलागी

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ २०, काठमाडौं । प्रहरी प्रधान कार्यालय काठमाडौंको नक्साल नजिकैकाे पाेलमा शनिबार बिहान तार सर्ट भएर आगलागी भएको छ । बिहान ११ बजेर ३० मिनेटमा नजिकै रहेको पोलमा राखिएको अव्यवस्थित तार सर्ट भएर आगलागी भएको हो । पोलमा धेरै अव्यवस्थित तार भएपछि आफैंमा सर्ट भएर आगो लागेको प्रहरी अनुमान छ ।

आगो प्रहरीको सहयोगमा नियन्त्रण आएको थियो ।उपत्यकाका अधिकांश पोलमा अव्यवस्थित तार झुण्डिएको देख्न सकिन्छ । तर, सम्बन्धित निकायको मौनताले उपत्यका नै जोखिम रहेको प्रहरीको तर्क छ ।

Sharing

प्रतिक्रिया दिनुहोस