भदौ २०, धरान । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । ४३ वर्षीया महिलाको शुक्रबार साँझ ६ः३० बजे मृत्यु भएको हो ।

प्रादेशिक ल्याब बिराटनगरमा परीक्षण गर्दा उनमा भदौ १७ गते कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसको भोलिपल्ट उनलाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएको थियो । बिगत ४ वर्षदेखि उनमा उच्च रक्तचापको समस्या थियो ।