भदौ १९,बुटवल । बुटवलमा आज थप एकजना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ ।प्रदेशिक अस्पताल बुटवलकोद्धरा संचालित बुटवल कोरोना विशेष अस्पतालमा उपचाररत बुटवल ८ का ७८ वर्षीय पुरुषको मृत्यु भएको आज बिहान ९ बजे मृत्यु भएको अस्पतालका फोकल पर्सन डा. शुर्दशन थापाले बताए ।ती पुरुषलाई भदौ ४ गते लुम्बिनी प्रदेश अस्पतलामा ल्याएको थियो । मधुमेह र उच्च रक्तचापको समेत समस्या रहेका ती विरामीलाई पछिल्लो समय भेन्टिलेटरमा राखेर उपचार गर्दागर्दे मृत्यु भएको डा.थापाले बताए ।
उनको मृत्युसगै बुटवलको कोरोना अस्पतालमा मृत्युहरुको संख्या ९ पुगेको छ भने लुम्बिनी प्रदेशिक अस्पतालमा ३ जनाको मृत्यु भएको रेकर्ड छ । ती मध्ये ६ जना रुपन्देहीका ५ जना कपिलबस्तु र एक जना प्युठान जिल्लाका रहेको अस्पतालले जनाएको छ ।