• २०८३ जेष्ठ १ गते शुक्रवार

जुम्लाका प्रजिअ लाई कोरोना पोजेटिभ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ १८, मुगु । जुम्लाका प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापालाई कोरोना संक्रमण पुष्टि भएको छ । विहिवार बिहान कोरोना भाईरस कोभिड १९ को परिक्षण गर्दा उनमा कोरोना पोजेटिभ देखिएको टेलिफोन सम्पर्क बाट सहायक प्रमुख जिल्ला अधिकारी ओम प्रकाश देवकोटाले बताए । उनले भने, जुम्ली जनताको जीवनमा सुरक्षा गर्ने सिलसिलामा काँधमा आएको जिम्मेवारी पूरा गर्न र जिल्ला भित्रका विभिन्न स्थानीय तहले निर्माण गरेका आइसोलेशन अनुमगन गर्दा कोरोना पुष्टि भएको बताए ।

प्रजिअ थापालाई अहिलेसम्म कोरोना संक्रमणको कुनै लक्षण नदेखिएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला निर्देशक मंगल रावले बताए । स्रोतका अनुसार संक्रमण पुष्टि भएपछि संक्रमित प्रजिअ थापा हाल आइसोलेशनमा रहेको जानकारी गराउनु भयो ।

Sharing

प्रतिक्रिया दिनुहोस