भदौ १८, काठमाडौं । बितेको २४ घण्टामा ६ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । यो संगै मृत्यु हुनेको संख्या २५७ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मृत्यु हुनेमा ४ जना महिला र २ जना पुरुष हुनुहुन्छ । जसमा चितवनको ४० वर्षिया एक महिला, भत्तपुरको ४० वर्षिय एक महिला, तनहुँको ५२ वर्षिया एक महिला, रुपन्देहीको एक ७७ वर्षिय एक महिला, सिन्धुपाल्चोकको ७७ वर्षिया एक पुरुष र रुपन्देहीको ६५ वर्षिया एक पुरुष रहेका छन ।