• २०८३ बैशाख १० गते बिहिवार

पर्यटन दशक मनाउने पर्यटनमन्त्रीको प्रस्ताव मन्त्रिपरिषदबाट फिर्ता

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भाद्र १७, काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले पर्यटन दशक २०२१-२०३० मनाउने ल्याएका प्रस्ताव मन्त्रिपरिषद्बाटै फिर्ता भएको पाइएको छ । मन्त्रालयका एक उच्च अधिकारीका अनुसार २ असार २०७७ मा बसेको मन्त्रिपरिषद् बैठकले भट्टराईले प्रस्ताव गरेको ‘पर्यटन दशक २०२१-२०३०’ लाई फिर्ता गर्ने निर्णय गरेको हो ।

मन्त्रालयले पर्यटन क्षेत्रको पुनरुत्थान एवम् दीगो पर्यटन कार्यक्रमका लागि पर्यटन दशकको प्रस्ताव मन्त्रिपरिषद् लगेको थियो । सरकारले वाषिर्क २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित भ्रमण वर्ष २०२० घोषणा गरेको थियो । यसको भब्य उद्घाटन भए पनि २० लाख पर्यटक भित्रने आधार भने तयार भएको थिएन ।

१६ पुसबाट शुरु भएको यो अभियान तीन महिना पनि नपुग्दै विश्वव्यापी महामारीका रुपमा आएको कोरोनाले प्रभावित हुन पुग्यो । सरकारले १ वैशाख २०७७ बाट भ्रमण वर्षको सचिवालय खारेज गर्दै यो कार्यक्रम अन्त्य भएको घोषणा गर्‍यो ।

Sharing

प्रतिक्रिया दिनुहोस