• २०८३ मङ्सिर १२ गते शुक्रवार

विश्वमा १ करोड ८१ लाख ८५ हजारभन्दा बढी कोरोना संक्रमण मुक्त

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ १७ , काठमाडौँ । विश्वमा १ करोड ८१ लाख ८५ हजार ९२५ जना संक्रमण मुक्त भई घर फर्किएका छन् ।पछिल्लो २४ घण्टामा २ लाख ५९ हजार ८७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै बुधबार विहानसम्म कोरोना संक्रमितको संख्या २ करोड ५८ लाख ९१ हजार १७४ पुगेको छ । यस्तै एकै दिन थप ५ हजार ८५४ जनाको मृत्यु भएपछि कोरोना संक्रमणले विश्वभर मृत्यु हुनेको संख्या ८ लाख ६० हजार २७८ पुगेको छ ।

उत्तर अमेरिकी मुलुकहरूमा ४२ लाख ८५ हजार २०८ जना संक्रमणमुक्त भएका छन् ।यस्तै एसियाली मुलुकहरूमा ६३ लाख ८७ हजार ९३७ जना संक्रमित भएकोमा ५० लाख १९ हजार ४९ जना संक्रमणमुक्त भएका छन् ।अफ्रिकी मुलुकहरूमा २८ हजार ६५६ जना संक्रमित भएकोमा २३ हजार ५८४ जना संक्रमणमुक्त भएका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस