भदौ १६,चितवन । चितवन मेडिकल कलेजमा उपचारत एक पुरुषको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौँडा उपमहानगरपालिका वडा नं १५ का ५८ वर्षीय पुरुष रहेका कलेजले जनाएको छ ।

उनको आज विहान उपचारका क्रममा कोभिड सघन उपचार कक्षमा मृत्यु भएको अस्पतालले जनाएको छ । जिल्लाका ७ सय ३६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।