• २०८३ जेष्ठ २८ गते बिहिवार

बुधवार निषेधाज्ञा पछि सुनसान बन्यो गमगढी बजार

खड्क सुनार पढ्न लाग्ने समय : २ मिनेट

भदौ १०, मुगु । मुगुमा सोमवार एक युवकमा कोरोना संक्रमण भेटिए पछि कारोनाको जोखिम बढ्ने भन्दै जिल्ला प्रशासन कार्यालय मुगुले निशेषधा जारी गरेपछि गमगढी बजार सुनसानमा रहेको छ । निषेधाज्ञा जारी गरेको पहिलो दिन गमगढी बजार लगायत नगरका विभिन्न स्थानमा सुनसान देखिएका छन ।

गमगढी बजारका मुख्य स्थान कृष्ण चोक, मिलन चोक, माथिल्लो बजार, तल्लो बजार, लगायत न्युरोड बजार यति बेला सुनसान अवस्थामा रहेका छन् । बुधवार रात्ती १२ बजेदेखि लागु हुने गरी एक सातासम्मको लागि निषेधाज्ञा जारी गरिएको छ । त्यो सँगै मंगवार महाकालि माद्यमिक विद्यालयमा २ सय ५० जनामा आरडिटि परिक्षण गर्दा एक जनामा पोजेटिभ देखिएको थियो । जिल्लामा कोरोनाको जोखिम बढेको भन्दै जिल्ला प्रशासनद्धारा निषेधाज्ञाको घोषणा गरिएको छ । छायानाथ रारा नगरपालिकाका मुख्य नाकाबाट प्रवेश गर्ने गर्ने बुलबुले, रारा, आँसिधारा र लुम्स नाकाहरुमा अन्तरपालिका तथा अन्तर जिल्लाबाट आवत जावतमा रोक लगाएको प्रमुख जिल्ला अधिकारी कृष्ण कुमार निरौलाले बताए ।

No description available.

जिल्ला अस्पताल मुगु बाट ६२ जनाको स्वाव संकलन गरि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिषण अस्पताल जुम्लामा परिक्षण गर्दा १ जनामा कोरोना पोजेटिभ भेटिए पछि गमगढी बजार निशेषधा जारी गरिएको प्रजिअ निरौलाले बताए । प्रशासनले कोरोनाको जोखिम बढेकोले सर्तक रहन आग्रह समेत गरेको छ । कुनै किसिमको भिडभाड, मेला,महोत्सव, नारा ,जुलुस नगर्न जारी सुचनामा उल्लेख गरिएको छ । घरबाहिर जाँदा अनिवार्य मास्कको प्रयोग गर्न प्रशासनले सबैमा अपिल गरेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस