२०७७ भदौ ७ गते आइतबार
मेषः माया प्रेममा सामिप्यता बढेर जानेछ भने घर परिवार तथा आफन्तबिचको सम्बन्धमा सुधार भएर जानेछ । शुभ समाचार सुन्न पाईएला । आर्थिक संकट पर्नेछ,स्वास्थ्यमा सुधार आउने छ,इष्टमित्रहरूसँग भेटघाट हुनेछ,चोटपटकको सम्भावना छ,साझपख सुधार हुनेछ, आजको शुभ अंक ७ रहेको छ ।
बृषः आज राज्यबाट मान सम्मान पाइनेछ । कुटुम्बको सहयोग मिल्ने छ । घरमा अतिथीको आगमन हुनेछ । बोलीको भरमा कार्य सम्पादन हुनेछ । कुनै अप्रत्याशित काम बन्ने योग छ,झैझगडा र विवादमा सरिक हुनु पर्नेछ,गौ माताको पूजा गर्नाले शुभ कार्यमा सफलता पाइन्छ, आजको शुभ अंक ३ रहेको छ ।
मिथुनः अनुहारमा कान्ति र मनमा शान्ति छाउने छ । शुभकार्यको चर्चा चल्ने छ । बन्धु बान्धवबाट सहयोग मिल्ला । प्रेममा पनि सफलता प्राप्त हुनेछ । पारिवारिक जीवनमा मतभेत रहनेछ,घर–गृहस्थीमा भने समस्या आउन सक्छ,बोलीको विपरीत अर्थ लाग्न सक्छ संयम रहनु होला, आजको शुभ अंक २ रहेको छ ।
कर्कटः आज रोकिएको अधुरो कार्यले पूर्णता पाउनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्ने छन् । रोमाञ्चक यात्रा होला । प्रेमीको सहयोग प्राप्त हुनेछ । उठ्नुपर्ने रकम हातलागी भए पनि तत्काल खर्चनुपर्ला,आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ,परिवारमा खुशी छाउनेछ,आजको शुभ अंक ७ रहेको छ ।
सिहंः आज विशिष्ट व्यक्तिको भेटघाटले मन प्रसन्न हुनेछ । सवारी साधनको खरिद बिक्री हुने योग छ । पारिवारिक र दाम्पत्य जीवन सुखमय पनि हुनेछ । महत्त्वपूर्ण ठाउँमा बोली बिक्नेछ,पति पत्नी बिचमा मन मुटाव हुनेछ,केही कुरा बोल्नु अगाडि विचार गर्नुहोला,समय राम्रो छ,आर्थिक समस्या पर्ने छ,आजको शुभ अंक ४ रहेको छ ।
कन्याः मन खिन्न हुने स्थिति आउने छ । कार्य सम्पादनमा सहजता नमिल्ला । जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । स्वास्थ्यप्रति सजक रहनु होला । प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिनेछ,आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन्,पशुधन र जमिनबाट सामान्य लाभ उठाउन सकिनेछ, आजको शुभ अंक ४ रहेको छ ।
तुलाः आज इनाम र प्रतिष्ठा कमाउने बेला छ । परिवारमा सुख सन्तोष छाउने छ । धार्मिक र सांस्कृतिक सभा समारोहमा सरिक हुने समय छ । प्रतिकूल परिस्थितिले तपाईंको पक्षमा कोल्टे फेरेको छ,धोग क्षेत्रमा लगानी बिस्तार हुनेछ,पेटको खराबीले स्वास्थ्य भने कमजोर रहला, आजको शुभ अंक ५ रहेको छ ।
बृश्चिकः आज पारिवारिक सद्भाव बढ्ने छ । आँटेको र ताकेको कार्य पुरा होला । आकस्मिक धनलाभ हुनेछ । महिला वर्गबाट सहयोग मिल्ने छ । यात्रा घातक बन्न सक्छ,परिवारमा खुशी छाउनेछ,छरछिमेकमा भने केही असमझदारी बढ्ने योग छ,स्वास्थ्य प्रति सजक हुन एकदमै जरूरी छ ,आजको शुभ अंक १ रहेको छ ।
धनुः अरुलाई प्रभावित पारेर काम बन्ने । वाक्चतुर्याइँले सङ्कल्पसिद्ध हुनेछ । आयआर्जनका क्षेत्रमा सुधार आउने । पठनपाठनमा प्रगति हुनेछ । बौद्धिक चिन्तन वा विचारले धेरैलाई आकर्षण गर्ने समय छ,बेलुका पारिवारिक जीवनमा अनावश्यक किचलो र विवाद हुने सम्भावना छ,आजको शुभ अंक ६ रहेको छ ।
मकरः प्रेममा बाधाका साथै मन कमजोर रहला । घर परिवारमा झै–झमेलाको अवस्था आउला । कार्यमा अवरोध आउला । दिनको उत्तरार्धमा खर्च हुनेछ । बोली एवं व्वहारमा सक्दो नियन्त्रण राख्नु होला,घरायसी वातावरणमा केही धमिलोपन आउने छ,खर्च बढ्नुका साथै आर्थिक संकटले सताउन सक्छ,आजको शुभ अंक ९ रहेको छ ।
कुम्भः आज श्रमको उचित मुल्याङ्कन हुनेछ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । कला र गलाको प्रभाव बढ्ने छ । शुभ समाचार सुन्न पाइएला । अप्रिय घटना हुनसक्छ,मानसम्मानमा बढ्नेछ,सहयोगीहरूले काममा साथ दिनेछन्,अनावश्यक धन खर्च हुँदा मानसिक चिन्ता वढ्नेछ,आजको शुभ अंक १० रहेको छ ।
मीनः शुभारम्भको चर्चा चल्नेछ । इच्छा र आकांक्षा पूर्ण हुनेछ । आफ्नै दक्षतामा कार्यहरू सम्पन्न हुनेछन् । आफन्तको प्रगतिमा मन रमाउने छ । अपमान वा अपजस सहनु पर्ने हुनसक्छ,अपमान वा अपजस सहनु पर्ने हुनसक्छ,आर्थिक समस्या पर्ने छ,झगडा पनि हुनसक्छ,स्वास्थ्यमा सुधार आउने छ,आजको शुभ अंक ८ रहेको छ ।