• २०८३ असोज ६ गते मङ्गलवार

बजार देखि संस्थान सम्म खाद्यान्न अभाव

खड्क सुनार पढ्न लाग्ने समय : २ मिनेट

भदौ २ मुगु । हिमाली जिल्ला मुगुमा सदरमुकाम गमगढी बजार देखि संस्थान सम्म खाद्यान्न अभाव भएको छ । खाद्य संस्थान व्यापार कम्पनि लिमिटेड मुगु जिल्लाको गत आर्थिक वर्षको स्वीकृत कोठा अनुसार गमगढी बजारको लागि १० हजार , पुलु १२ सय क्वीन्टल , सोरुकोट २२ सय क्वीन्टल , खत्याडको राता पानि १२ सय क्वीन्टल , पुन रातापानिको ८ सय क्वीन्टल , त्यस्तै कालै डिपो केन्द्रमा ४२ सय ९९ क्वीन्टल मध्ये १ सय ७१ क्वीन्टल मात्र ढुवानि भई विक्रि वितरण भईसकेको खाद्य व्यवस्था तथा व्यपार कम्पनि लिमिटेड मुगुले जनाएको छ ।

कार्यालयका जिल्लाको खाद्य व्यवस्था तथा व्यपार कम्पनि लिमिटेड अन्तर्गतका सबै डिपो हिजो आज खालि छन भने शाखा कार्यालय गमगढीमा रहेको गोदाममा ५ सय ५० क्वीन्टल मात्र स्टोक रहेको उक्त स्टोक रहेको चामल दैविक प्रकोप पिडित , लगायत अत्यावश्यक कार्यमा मात्र वितरण गरिने गएको साउन २८ गते बाट एक सार्वजानिक सुचना गरि सर्वसाधरणहरु लाई खाद्यान्न विक्रि वितरणमा रोक लगाईको खाद्य व्यवस्था तथा व्यापार कम्पनि लिमिठेड शाखा मुगुका कार्यालय प्रमुख कर्णा बहादुर रावलले बताए ।

उनका अनुसार सोना मंसुलि , मध्ये जापानिज , अरुवा मोटो, जिरा मंसुलि लगायतका आदा दर्जनका खाद्यान्न विक्रि वितरण गर्दे आईरहेको आर्थिक वर्ष ७७ -७८ को खाद्यान्न ढुवानि ठेक्का पट्टाको प्रक्रिया भईरहेको हुनाले गत वर्षको चामल सकिसकेको हुनाले र नया चामल नआएको हुदा खाद्यान्नमा अभाव भएको रावलले जानकारी दिए ।

खाद्य संस्थानमा चामल लिन आउदा चामल छैन भन्दा खालि हात फर्कुनु परेको र बजारमा पनि खाज्दा खाद्यान्न नभेटिएको रित्तो हात फर्कुनु परेको छायानाथ रारा नगरपालिका वडा नं ४ का स्थानीय खड्क सिंह भामले बताए ।

यता सदरमुकाम गमगढी बजारमा दैनिक उपभोग्य सामान दाल चामल, तेल , मैदा , सुजि , आटो , चाउचाउ , विस्कुट , अभाव भएको देखिन्छ , लगातार साउन महिनामा आएको वर्षातका कारणले नाग्म गगगढी सडक जोड्ने सडक खण्डमा दर्जन भनदा बढि स्थानमा बाटो अवरुद्ध हुनुका साथै सडक डिभिजन कार्यालय जुम्लाले आर्थिक वर्ष अन्त्यमा सडक विस्तार तथा स्तरउन्नति गर्दा सवारी साधनहरु हिलोमा फस्दा समयमै सामान ढुवानि गर्न नसक्दा गमगढी बजारमा दैनिक उपभोग्य सामानहरु अभाव देखिएको कामना स्टोरका प्रोपाईटर बाँचुकला रावतले बताईएकि छन् ।

डेढ महिना सम्म सडक अवरद्ध हुदा गमगढी बजारमा दैनिक उपभोग्य सामानको अभाव देखिएको छ भने बन्द सडक सुचारु गर्नको लागि स्थानीय सरकार , प्रदेश सरकार , सघिय सरकार लगायत सम्पुर्ण सरोकारवाला निकायको ध्यान नगएको व्यापारी राष्ट् राज कार्किले बताएका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस