श्रावण ३१, भक्तपुर । मध्यपुर थिमी नगरपालिकाद्वारा संचालित नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालका ४ जनामा कोरोना संक्रमण भएको छ । अस्पतालमा कार्यरत ३ जना नर्स र १ जना पुरुष कर्मचारीमा कोरोना संक्रमण पुस्टि भएको हो ।
नर्स र कर्मचारीलाई कोरोना संक्रमण देखिएपछि अस्पतालको आकस्मिक सेवा बाहेक अन्य सेवा बन्द भएको अस्पतालले जनाएको छ ।