साउन २९,काठमाडौँ, । काठमाडौँको महाराजगञ्जस्थित टिचिङ अस्पतालको दुई डाक्टरसहित सात जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अस्पताल प्रशासनकाे अनुसार आकस्मिक कक्षका दुई डाक्टर र चार जना नर्समा बुधबार कोरोना संक्रमण देखिएको हो ।

कर्मचारी ओसार्न भक्तपुर रुटमा सञ्चालन भइरहेको टिचिङ अस्पतालका बसका चालकमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।