• २०८३ बैशाख १२ गते शनिवार

युवा बाध्यताले रोजगारी खोज्दै बाहिरिनुपर्ने अवस्था अन्त्य हुन्छ प्रधानमन्त्री ओली

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

श्रावण २८ ,काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले युवा बाध्यताले रोजगारी खोज्दै बाहिरिनुपर्ने अवस्था केही वर्षमै अन्त्य हुने बताएका छन् । आज अन्तर्राष्ट्रिय युवा दिवसको सन्भर्दमा राष्ट्रिय युवा परिषद्ले आयोजना गरेको भर्चुअल कार्यक्रममा प्रधानमन्त्री ओलीले बाध्यात्मक वैदेशिक रोजगारीको अन्त्य गर्ने बताएका हुन् ।

हाल २६ लाख युवा रोजगारी खोज्दै मुलुकबाहिर गएका छन् । ३ करोडभन्दा केही कम जनसंख्या भएको देशमा देश निर्माण गर्नुपर्ने २६ लाख जनशक्ति बाहिर जानु अवश्य नै खुसीको कुरा होइन । त्यसकारण यस दिशामा हामीले ठोस प्रयासहरू गरिरहेका छौं । हामी केही वर्षभित्रै रोजगारीका लागि, छनोटका हिसाबले बाहिर जानु बेग्लै कुरा हो । बाध्यताको हिसाबले बाहिर जाने कुराको अन्त्य गर्ने रणनीतिका साथ सरकार काम गरिरहेको छ । म युवाहरूलाई आश्वस्त पार्न चाहन्छु कि, तपाईंहरू अगाडि बढ्नुस् । सरकार तपाईंहरूको साथमा छ ।

प्रधानमन्त्री ओलीले सामाजिक जागरण र नीति(निर्माणका क्षेत्रमा सबैको समानुपातिक प्रतिनिधित्व रहेको भन्दै खुसी व्यक्त गरे । बालबालिकाको नीति निर्माणमा सहभागिता हुने भएन । उत्पादनमा सहभागिता हुने भएन । उनीहरू भविष्यका कर्णाधार हुन् । उनीहरूलाई सक्षम बनाउनुपर्छ । सुरक्षामा ध्यान दिनुपर्छ । युवाहरूको सन्दर्भमा, ४० प्रतिशत युवा स्थानीय तह प्रतिनिधित्व गरिरहेका छन् । त्योभन्दा केही सानो संख्या संघीय तहमा र प्रदेश तहमा छन् । त्योभन्दा केही संख्या केन्द्रीय निकायमा छन् । अझ बढाउन जरुरी छ । बढाउँदा सन्तुलनकारी ढङ्गले नै बढाउनुपर्छ ।

प्रधानमन्त्री ओलीले नेपाल प्राकृति सम्पदा, स्रोत सामर्थ्यका हिसाबले अद्भूत र जीवनमय रहेको बताउँदै पछाडि रहन, गरिब हुन मिल्ने देश नै नभएको बताउदै उनले भने, ‘म चाहन्छु हाम्रा देशका युवाहरूले रोजगारीको खोजी गर्दै या जीवनको खोजी गर्दै अन्यत्र जानु नपरोस् । हाम्रोजस्तो देश, जो विद्वान् र बहादुर पुस्ताका सन्तान भएको देश हो । जुन देश प्राकृतिक हिसाबले अत्यन्त सुन्दर छ । जुन देश अत्यन्तै उर्वर छ । अत्यन्तै अद्भुत, असाधारण र जीवनमय छ । विविधताले युक्त र प्राकृतिक सम्पदाले सम्पन्न छ । त्यो देश पछाडि पर्न, गरिब हुन मिल्ने देश होइन यो विडम्बना हो ।’

Sharing

प्रतिक्रिया दिनुहोस