• २०८३ जेष्ठ ६ गते बुधवार

नेपाल बैंकद्वारा कोरोना कोषमा ३ करोड ४६ लाख प्रदान

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

श्रावण २८ , काठमाडौँ । नेपाल बैंक लिमिटेडले नेपाल सरकारले स्थापना गरेको कोरोना संक्रमण रोकथाम, नियन्त्रण र उपचार कोषमा ३ करोड ४६ लाख सहयोग गरेको छ ।

उक्त रकम अर्थमन्त्री डा।युवराज खतिवडालाई सञ्चालक समितिका अध्यक्ष वासुदेव अधिकारीले हस्तान्तरण गरेका छन् । मन्त्री खतिवडाले कोरोना संक्रमण रोकथाम र नियन्त्रण गर्ने नेपाल सरकारको प्रयासमा नेपाल बैंकले पुर्याएको महत्वपूर्ण सहयोगका लागि धन्यवाद दिएका छन् ।

बैंक सञ्चालक समितिका अध्यक्ष वासुदेव अधिकारीले सरकारले चालेका कदमहरूमा बैंकको सदैव साथ रहने बताए । उनले कोरोना संक्रमण रोकथाम, नियन्त्रण र उपचारका लागि नेपाल बैंकले सवै भन्दा पहिला सहयोगको घोषण गरेको र हालसम्म संघीय सरकारको कोषमा रु। ४ करोड ४६ लाख र प्रदेश सरकारहरुलाई ५ लाखका दरले ३५ लाख गरी कुल ४ करोड ८१ लाख आर्थिक सहयोग प्रदान गरिएको जानकारी दिए ।

Sharing

प्रतिक्रिया दिनुहोस