• २०८३ बैशाख २६ गते शनिवार

गण्डकी प्रदेशमा थप २४ जनामा कोरोना पुष्टि

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन २४, पोखरा । गण्डकी प्रदेशमा थप २४ जनालाई कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।प्रादेशिक स्वास्थ्य निर्देशनालयका अनुसार बाग्लुङमा १३ जना संक्रमित थपिएका छन् । उनीहरु सबै बाग्लुङ नगरपालिका वडा नम्बर ३ का पुरुष हुन् ।

स्याङ्जामा ७ जना संक्रमित थपिए । पुतलीबजारका ६ र कालीगण्डकीका एक जना छन् । कास्कीको पोखराका ३ र म्याग्दीका एक जनामा पनि संक्रमण पुष्टि भएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस