• २०८३ बैशाख ८ गते मङ्गलवार

वडासचिव बलात्कारको आरोपमा पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन २१,कैलाली – कैलाली  जिल्लाको भजनी नगरपालिका.४ का वडासचिव बलात्कारको आरोपमा पक्राउ परेका छन् । वडासचिव सुमनकुमार चौधरीलाई एक महिलाले बलात्कारको आरोप लगाउँदै उजुरी दिएपछि पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीमा चौधरीले आफूलाई बलात्कार गरेको भन्दै ति महिलाले उजुरी दर्ता गरेपछि चौधरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।चौधरीविरुद्ध जबर्जस्ती करणीमा उजुरी परेको छ । घटनालाई स्थानीयस्तरमै मिलाउने प्रयाससमेत भएको स्थानीयले बताएका छन् । महिलाले सदरमुकाममै पुगेर उजुरी दर्ता गरेपछि मात्र घटना सार्वजनिक भएको हो ।

Sharing

प्रतिक्रिया दिनुहोस