श्रावण २१, सुनसरी । धरान उपमहानगरपालिकामा पनि एक हप्ता लामो पुर्ण लकडाउन गरिने भएको छ । समुदाय स्तरमै कोरोना फैलिएको भन्दै नगर कार्यपालिकाको बैठकले बुधबार राति १२ बजे देखि लागु हुने गरी एक हप्ताको लागि लकडाउन घोषणा गरिएको हो ।
अत्यावश्यक र औषधी पसल बाहेक सबै बन्द गर्ने निर्णय भएको छ । यस अघि विहान ९ बजेदेखि बेलुका ५ बजेसम्म लकडाउन हुने गरेको थियो । अहिले सम्म धरानमा कोरोना सङ्क्रमितको सङ्ख्या २८ पुगेको छ ।