• २०८३ असार ९ गते मङ्गलवार

आरडीटी परीक्षण नगर्न सरकारको आग्रह

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन १८, काठमाडौँ। बुधबार सरकारले कोरोना निदानका लागि आरडीटी परीक्षण नगर्ने निर्णय गरेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले आरडीटी परीक्षण नगर्न प्रदेश, पालिका र अस्पतालहरुलाई आग्रह गरेका छन । यस्तै आकस्मिक सेवासहित अन्य सेवा प्रभावित भएका अस्पतालहरुमा उचित व्यवस्थापन गरी उपचारको व्यवस्था मिलाउन पनि उनले आग्रह गरे ।

मन्त्रालयले कोरोना महामारी फैलिएको पर्साको वीरगञ्‍जमा उच्चस्तरीय स्वास्थ्य टोली पठाइएको जानकारी दिए । स्वास्थ्य सेवा विभागका महानिर्देशक डाक्टर दीपेन्द्र रमण सिंहको नेतृत्वमा उच्चस्तरीय टोली प्रदेश २ को वीरगञ्ज पठाइएको हो ।

Sharing

प्रतिक्रिया दिनुहोस