श्रावण ११, सुनसरी । सङ्खुवासभाको सिलिचोङ गाउँपालिकामा बिस्थापित ८६ परिवार लाई प्रदेश न.१ इसाई समाजको आव्हान Quick Rescue Team Neapal को सहकार्य,Conduit Team Nepal को सहयोग तथा सङ्खुवासभा जिल्ला इसाई समाजको आयोजनामा गत बिहीवार रु ३ लाख बराबरको राहत बितरण गरिएको छ ।

राहतमा प्रती परिवार २५ केजी चामल, फाइवर ब्ल्यान्केट बितरण गरिएको समाजका महासचिव मेहरमान ह्युज गिरिले जानकारी दिनुभयो । समाजले गत श्रावण १ गते २५ घर परिवारलाइ पहिरो चरणको राहत बितरण गरिसकेको छ । समाजले संखुवासभा का पहिरो पीडित सङ्गै , गत श्रावण ५ गते तेह्रथुमको सोल्मा ढाडे स्थित भालु खोलाले बगाएर मृत्यु भएकी तेह्रथुम जिरिखिम्तिकी ३६ बर्सिय अन्जना लिम्बुको शोसाकुल परिवारलाई समेत आर्थिक सहयोग गरेको छ । लिम्बुको शोसाकुल परिवार लाई जिल्ला तेह्रथुम र प्रदेश १ इसाई समाजले सँयुक्त रुपमा सान्त्वना स्वरुप रु ४०,००० हजार आर्थिक सहयोग गरेको समाजका अध्यक्ष विक्रम एक्त्तेन लिम्बुले जानकारी दिनु भयो ।

राहत जिल्ला सङ्खुवासभा इसाई समाजको निगारानिमा Conduit Team Nepal को संयोजक पा.बिरेन्द्र किस्कु , समाजका अध्यक्ष पास्टर बिक्रम एक्तेन लिम्बु, उपाध्यक्ष पास्टर बिनोद मुर्मु र महासचिव पास्टर मेहरमन ह्युज गिरीद्वारा जिल्ला विपद व्यावस्थापन समितिलाइ हस्तान्तरण गरिएको थियो । कार्यक्रममा समाजका अध्यक्ष लिम्बुले साहयोगि हात हरुलाई धन्यवाद दिदै समाज ले आफ्नो सामाजिक दायित्व पुरा गर्नको लागि अप्ठ्यारो मा परेकाहरुलाई सहयोग गर्दै आएको बताउनु बताउनु भएको छ । लकडाउन को समय मा पनि समाजका सकृयाता मा प्रदेश १ भरिका इसाई तथा गैर इसाईहरुलाई राहत बितरण गरेको स्मरण गर्दै आगामी दिनमा पनि यस्ता कार्यमा समाज सकृया रुपमा लाग्ने प्रतिबद्दता जनाउनु भयो । असार २७ गते राति सङ्खुवासभाको सिलिचोङ गाउँपालिकामा १२ घर पहिराले बगाउँदा ११ जना बेपत्ता भएका छन भने एकजना को मृत्यु भएको थियो भने ८६ घर परिवार बिस्तापित भएका थिए ।