श्रावण ९, काठमाडौं । काठमाडौंको सीतापाइलामा युवतीलाई एसिड प्रहार गरेको आरोपमा २ जना पक्राउ परेका छन् । काठमाडौं प्रहरी परिसर र महानगरीय अपराध अनुसन्धान महाशाखाको संयुक्त टोलीले एसिड प्रहार गर्ने दुई जनालाई डल्लुबाट बिहीबार राति पक्राउ गरेको हो।
पक्राउ पर्नेमा रौतहटको लक्ष्मीपुर घर भई हाल डल्लु बस्ने मोहम्मद आलम र भारत घर भई डल्लुमा कालीगढको काम गर्ने मुन्ना मोहम्मद छन् । उनीहरुले केटीले अर्कै केटालाई मन पराएको थाहा पाएपछि ट्वाइलेट–बाथरुम सफा गर्ने एसिड प्रहार गरेको बताएका प्रहरीले जनाएको छ । बिहीबार साँझ दही किन्न बाहिर निस्किएकी ओखलढुंगाकी २२ वर्षीया युवतीमाथी एसिड प्रहार भएको थियो ।
अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापाका अनुसार सीसीटीभी फुटेजमा देखिएको हुलियाको आधारमा उनीहरुलाई पक्राउ गरिएको हो ।
https://khabar24nepal.com/2020/07/23/38882