• २०८३ जेष्ठ ८ गते शुक्रवार

सामूहिक बलात्कार, २ जना पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

श्रावण ५, पर्वत । पर्वतको महाशिला गाउँपालिका–५ स्थित पिँडालु खोलामा सामूहिक बलात्कार भएको छ । प्रहरीका अनुसार दुईजना किशोर मिलेर मानसिक रुपमा अशक्त १७ वर्षीया किशोरीलाई बलात्कार गरेको जनाइएको छ ।

बलात्कार आरोपी १२ वर्षीय र १४ वर्षीय किशोरलाई ईलाका प्रहरी कार्यालय लुंखु देउरालीबाट खटिएको प्रहरी टोलीले पक्रेको हो । जेठ १७ मा किशोरीमाथि सामूहिक बलात्कार भएको बताइएको छ । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस