श्रावण ३ सिरहा । १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा मिर्चैया नगरपालिका-८ बस्ने २६ वर्षीय धर्मेन्द्र कुमार रायलाई प्रहरीले पक्राउ गरेको छ ।
रायले ती बालिकालाई ललाई फकाई सोही नगरपालिका-७ छघरेस्थित खेतमा लगी डर देखाई बिहीबार दिउँसो जबरजस्ती करणी गरेको भन्ने सूचना प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट फुलवरियाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।