असार ३०, सुर्खेत । कर्णाली प्रदेश प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी नायव महानिरीक्षक बसन्त कुमार पन्तबाट प्रहरी चौकी रानिघाट सुर्खेतको नव निर्मित कार्यालय भवन उद्घाटन उक्त अबसरमा प्रहरी नायव महानिरीक्षक वसन्त कुमार पन्तले प्रहरी कर्मचारीहरुले नवनिर्मित भवनलाई आफ्नै हो भनी आवश्यक मर्मत सम्भार साथ नवनिर्मित भवन स्थानिय बासीहरुकै सम्पति भएको भवनको जगेर्ना गर्न गाउपालिका र नागरीक समाजलाई अनुरोध गर्नुभयो । साथै उहाँले अपुग जनशक्तिलाई छिट्टै ब्यबस्थापन गरिने पनि बताउनु भयो ।

उक्त कार्यक्रममा धन्यवाद ज्ञापन कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रहरी बरिष्ठ उपरीक्षक राजेशनाथ बास्तोला गर्नु भएको थियो । जिल्ला प्रशासन कार्यालय सुर्खेतका सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेल र बराहाताल गा.पा. वडा नं.२ का अध्यक्ष यौवराज कार्कीले समेत आ-आफ्नो मन्तव्य व्यक्त गर्नु भएको थियो ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक राजेन्द्र प्रशाद भट्टले स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो भने युएनओपिएसका ईन्जिनियर अनुज पाण्डेले भवन निर्माण सम्बन्धी प्रतिबेदन पेश गर्नु भएको थियो । उक्त कार्यक्रमको संचालक जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक गोपाल रायमाझिले गर्नु भएको थियो ।
युएनओपिएसको आर्थिक सहयोगमा निर्माण कार्य सम्पन्न भएको उक्त नव निर्मित भवनको लागत दुई करोड बयासी लाख रहेको र २०७५ कात्तिक २६ गतेबाट निर्माण कार्य सुरु भएको थियो । कार्यक्रममा युएनओपिएसका प्रतिनिधी, प्रहरी कर्मचारीहरु, स्थानिय जनप्रनिधी र नागरीक समाजका प्रतिनिधीहरुको समेत उपस्थिति रहेको थियो ।