असार २९, काठमाडौँ । मन्त्रिपरिषदको बैठक आज बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा हुने बैठक बेलुका ६ बजेका लागि बोलाइएको स्रोतले जनाएको छ ।
बैठकमा कोभिड १९ का कारण विदेशमा अलपत्र परेका नेपालीहरुलाई नेपाल ल्याउनेबारे सर्वोच्च अदालतले दिएको आदेशअनुसार निर्देशिका पारित गर्ने सम्भावना रहेको छ ।