असार २८, कैलाली । कैलालीको सामुदायिक वन क्षेत्रमा युवकको श’व फेला परेको छ। जिल्लाको लम्कीचुहा नगरपालिका वडा नम्बर ३ बलाचौरको छतिवन सामुदायिक वन क्षेत्रको रानीजमरा कुलरिया सिचाईको नहरमा अन्दाजी २१-२२ वर्षीय युवकको श’व फेला परेको प्रहरीले जनाएको छ।
युवकको श’व नहरमा तैरिरहेको अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। युवकको पहिचान हुन सकेको छैन ।