असार १३, बागलुङ । प्रहरीले बागलुङको बडिगाड गाउँपालिका–७ माजखर्क निवासी दलबहादुर बुढालाई भरुवा बन्दुकसहित शनिबार पक्राउ गरेको छ । बुढाको साथबाट एक नाले भरुवा बन्दुक, अन्दाजी ४० ग्राम बारुद र गोली बनाउन प्रगोग हुँने १२ थान सिसा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।
प्रहरीले बुढालाई घरबाटै पक्राउ गरेको हो । उक्त घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।