असार ११, बाजुरा । हिमालि गाउपालिकाको गाउसभा तिन देखी जारी रहेको छ । आज गाउपालिकाको नीति तथा कार्यक्रम गाउसभामा प्रस्तुत गरिएको छ भने भोली गाउसभामा बजेट प्रस्तुत हुने भएको छ ।
गाउँसभाका अध्यक्ष तथा गाउपालिका अध्यक्ष गोबिन्द्र बहादुर मल्लले आर्थिक बर्ष २०७७/०७८ का लागी नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो ।मंगलबार देखी सुरु भएको छैंटौं गाउसभामा आज नीति तथा कार्यक्रम प्रस्तुत भएको र भोली गाउपालिकाकी उपाध्यक्ष चन्द्रकला बुढाले नीति तथा कार्यक्रम कार्यन्वयनका लागी बजेट बिनियोजन गर्ने कार्यक्रम रहेको गाउपालिकाका प्रधामन्त्री रोजगार कार्यक्रम संयोजक बिर्ख पाण्डेले बताउनुभएको छ ।
गाँउसभाका अध्यक्ष गोबिन्द्र बहादुर मल्लले आर्थिक बर्ष २०७७/०७८ का लागी नीति तथा कार्यक्रम प्रस्तुत गर्दै स्वास्थ्य सेवा ऐन गाउँ प्रहरी ऐन, पुर्वाधार बिकास ऐन, वातावरण संरक्षण सम्बन्धी ऐन,संस्था दर्ता बिधयक ऐन, औद्योगिक ब्यबासाहिक दर्ता ऐन,सार्वजनिक निजी तथा साझेदारी ऐन र कोरोना स्वास्थ्य सम्बन्धी ऐन आर्थिक बर्ष २०७७/०७८ का लागी नीति तथा कार्यक्रम प्रस्तुत गरिएको हो । उक्त ऐन कार्यन्वयनका लागी प्रत्यक ऐनका संयोजक समेत ताकिएको गाउसभाका अध्यक्ष गोबिन्द्र बहादुर मल्लले बताउनुभएको छ ।