• २०८३ बैशाख २६ गते शनिवार

आठबिसकोटमा नगरपालिकामा ७ सय जनाको स्वाब संकलन

३ सयजनाको रिर्पोट नेगेटिभ बाँकीको रिपोर्ट आउनबाँकी
टेकराज पुन पढ्न लाग्ने समय : २ मिनेट

असार १०, रुकुम पश्चिम । रुकुम पश्चिमको आठबिसकोट नगरपालिमा भारत तथा अन्य मुलुकबाट आएकाहरुको स्वाव संकलन गर्ने कार्यलाई तिब्रता दिईएको छ । भारत तथा अन्य ठाउँबाट अलपत्र परेका करिब ९ सय जना नागरिकहरु नगरपालिको सहयोगमा नगरपालिकामा भित्रिएका थिए ।

बुधबारसम्म ७०० सय जनाको स्वाब संकल गरिएको स्वास्थ्य तथा सामाजिक बिकाश साखा संयोजक मनिराज शाहले जानकारि दिनुभयो । पिसियार बिधिबाट करिब पाँच सय, जनाको परिक्षण गरिएको मध्ये करिब ३०० सय जनाको रिपोर्ट नेगेटिभ आएको र एक सय जनाको रिपोर्ट आउन बाँकि रहेको नगर अस्पतालमा कार्यरत हेल्थ असिस्टेन्ट पे्रम बहादुर रोकायले बताउनुभयो । आरडिटी बिधिबाट ३२५ जनाको परिक्षण गरिएको अन्य नयाँ एक सय जनाको परिक्षण गर्न बाँकि रहेको रोकायले बाताउनु भयो ।यस्तै भारत तथा अन्य मुलुकबाट आएकाहरुको दिनमा एक पटक नियमित स्वास्थ्य परिक्षण गरिदै आएको छ । अहिले सम्म सबै नागरिकहरुको स्वास्थ्य सामान्य रहेको र कोरोना परिक्षण गरिकामा कुनै पनि लक्षण देखा नपरेको रोकायले जानकारि भन्नुभयो ।

नगरपालिकाले भारत तथा अन्य ठाउँमा अलपत्र परेका सबै नागरिकहरुलाई उद्धार गर्ने भनि नगर कार्यपालिकाले यस अघि निर्णय गरिएको थियो । सोहि निर्णय अनुसार सबै नागरिकहरुलाई उद्धार गरिएको र सबै नागरिकहरुलाई क्वारेन्टाइनमा राखिएको नगर प्रमुख गोर्ख बहादु केसि सन्देशले बताउनु भयो । उहाँका अनुसार क्वारेन्टिनको लागि छ वटा बिद्यालय तयारी अवस्थामा राखिएको छ । सबै जनालाई कम्तिमा १४ दिन सम्म क्वारेन्टाइनमा राखि सबैको पटक पटक स्वास्थ्य परिक्षण आडिटी र पिसीआर विधिबाट परिक्षण गरि रिपोट आएपछि मात्र घर फर्काउने गरेको नगर प्रमुख केसीले बताउनु भयो ।

अहिले सम्म नगरपालिकामा भित्रीएका नागरिकहरु नगरपालिकामा रहेका ६ वटा विद्यालयमा रहेको क्वारेन्टाइनमा राखिएको क्वारेन्टाइन ब्यवस्थापक मान बहादुर बटालाले जानकारि दिनुभयो ।

Sharing

प्रतिक्रिया दिनुहोस