असार १०,कैलाली । कैलालीमा आज थप ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तीमध्ये लम्कीचुहा नगरपालिकामा २५ जना र गोदावरी नगरपालिकामा ३२ जनामा संक्रमण देखिएको छ ।
धनगढी प्रयोगशालामा गरिएको परीक्षणमा लम्की चुहामा ६ जना महिला र १९ जना पुरुष तथा गोदावरी नगरपालिकामा ४ जना महिला र २८ जना पुरुषमा संक्रमण देखिएको सेती प्रादेशिक अस्पतालले जनाएको छ ।यो सँगै बुधबारसम्म कैलालीमा मात्रै संक्रमितको संख्या चार सय ६० पुगेको छ