• २०८३ मङ्सिर १३ गते शनिवार

नेकपा स्थायी समिति बैठकका ५ एजेण्डा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार १०, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को बुधबार बिहान अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड) बीचको छलफलपछि स्थायी समिति बैठकका ५ वटा एजेण्डा तय भएका छन ।

एजेण्डाको पहिलो नम्बरमा वर्तमान परिस्थिति र स्थायी कमिटी बैठकका सम्बन्धमा अध्यक्षद्वय ओली र प्रचण्डले मन्तव्य, दोस्रो एजेण्डामा सरकारका कामकारवाहीबारे छलफल हुने भएको छ । दोस्रो एजेण्डा भित्रै कोभिड १९ नियन्त्रण, राेकथाम र उपचार सम्बन्धमा र नेपालकाे सिमा समस्या र समाधान सम्बन्धमा र अन्य भन्ने विषय राखिएकाे छ ।

एकताका बाँकी कामहरुबारे छलफलको तेश्राे एजेण्डा बनाइएको छ । बैठकको एजेण्डामा एमसीसीलाई चार नम्बर बुँदामा राखिएको छ भने ५ नम्बरमा विविध छ ।

Sharing

प्रतिक्रिया दिनुहोस