असार ९, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक बुधबार बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय सचिव ईश्वरी रिजालका अनुसार बुधबार बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्ने भएको हो ।
स्थायी कमिटी बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने छन । बैठकमा स्थायी कमिटीका ४५ सदस्यसहित आमन्त्रित सदस्यका रुपमा अनुशासन, लेखा र निर्वाचन आयोग, सल्लाहकार परिषद् र ज्येष्ठ कम्युनिष्ट मञ्चका संयोजकको पनि उपस्थिति हुने छ । लामो समय देखि स्थायी कमिटी बैठकको माग गर्दै नेकपा भित्र असन्तुष्टिहरु देखा परेका थिए ।