• २०८३ बैशाख १० गते बिहिवार

अंगीकृत नागरिकता राष्ट्रको प्रगति र सुरक्षासँग जोडिएको छ : मन्त्री थापा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार ७, काठमाडौँ । गृहमन्त्री रामबहादुर थापा (बादल)ले अंगीकृत नागरिकता राष्ट्रको सुरक्षासँग जोडिएको बताउनुभएको छ । सोमबार राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा उहाँले अंगीकृत नागरिकता व्यक्तिको अधिकारभन्दा पनि राष्ट्रको प्रगति र सुरक्षासँग जोडिएको बताउनुभएको हो । उहाँले अंगीकृत नागरिकता राष्ट्रको प्रगति र अस्तित्वसँग जोडिएको बताउनुभएको हो ।

उहाँले विवाह गरेको ७ वर्षपछि मात्रै विदेशी बुहारीलाई अंगीकृत नागरिकता दिने भन्ने प्रस्तावले राष्ट्रिय एकता खल्बल्याउने हो कि रु भन्ने र राष्ट्रवाद र राष्ट्रघातको प्रश्न उठेको बताउनुभयो । नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई वैवाहिक अंगीकृत नागरिकता विवाह गरेको ७ वर्षपछि दिने कि अहिलेको व्यवस्था कायम गर्ने रु भन्नेमा सत्तारुढ र प्रतिपक्षी दलहरूबीच मतभेद रहेको छ । यता सत्तारुढ नेकपाले ७ वर्षको प्रावधान राख्नुपर्छ भनेको छ । तर, प्रतिपक्षी कांग्रेस, राजपा र समाजवादीले अहिलेको व्यवस्था कायम राख्नुपर्ने अडान राखेका छन् । सरकारले ल्याएको विधेयकमा भने विदेशी बुहारीलाई ६ महिनापछि नागरिकता दिनुपर्ने व्यवस्था छ ।

Sharing

प्रतिक्रिया दिनुहोस