अंगीकृत नागरिकता बिधेयकबारे सबै दल एकपटक अतीततिर पनि फर्किने कि ! नेपालीको हरेक पाइला पाइलामा बिदेसीहरुको गिद्देदृष्टी परिराखेको छ ! भन्नलाइ हामी सुन्दर शान्त नेपाल भन्छौं तर बिगतको लामो ईतिहास सम्झिदा या पढ्दा भित्र भित्रै कुर्ची मोहको घिनलाग्दो राजनैतिक संस्कारले कूरुप अशान्त नेपाल बनिसकेको रहेछ ।
बिदेसीहरु एक हातमा सिन्दुुर एक हातमा नागरिकताको सिफारिस पाउने नेपाली प्राबधानमा किन नरमाउने ? आज भारतमा सोनिया गान्धी इटालियन नागरिक भएकै कारणले काङ्रेस आइले जिवनभरी जनताको असहिष्णुताको भारी बोकिराखेको यथार्थ घटनालाई पनि बिर्सिनु हुंदैन । तसर्थ अब यो अङ्गिकृत नागरिकताको विषय यदि यथास्थितिमा ॐ नमो स्वाहा भन्ने हो भने एमसीसी जति घातक भनिदै आइएको छ त्यो भन्दा पनि घातक सिद्द हुनेछ नेपालको परिप्रेक्षमा । जब संख्यात्मक रुपमा उनीहरुको बोलवाला रहने छ तब जनमतका आधारमा पनि देस टुक्रयाउने खेलमा लागी पर्नेेेेछन । अनि सर्बोच्च पदामा पदासिन भएपछि माइतिघरको मायाले सताउने छ र अन्तमा सरिताको जस्तै रास्ट्रबादी झल्को भुमरीमा अल्झिने छ ।
यति जान्दा जान्दै संसदमा गर्जिने सिंहहरु आज एमसीसी र अंगीकृत नागरिकता अनि वाइडबडी, बालुवाटारबारे किन मौन हुन्छन ? के यसमा आफ्ना माउ फसेर ? अनि हो, निर्मलाले न्याय पाउन सकिनन ! पाउनुपर्छ तर उनको बारेमा राजनीतिक मुद्दा बनाइरंहदा गोरखाकी चेली किन उपेक्षित ? जनता जति बुझ्ने र बिद्द्वान भए त्यति नै सरकारी रफ्तारको बिकासे काममा भाजो तेर्स्याउने, दुई चार जना जम्मा गर्ने अनि आफ्नो बिद्दताको प्रयोग युटुबे पत्रकारको जिम्मा लगाइदिने, अरु कोहि जान्ने हुन नहुने, सबै आफै जान्ने बुझ्ने, क्याम्पसमा ढुङे राजनीति गर्नेहरु नेतृत्वमा पुग्ने, विषय बस्तुको ज्ञान नहुनेहरु कर्मचारीको भरमा मन्त्रालयको जिम्मा लिने, एकबर्षसम्म त विषय बस्तुको अध्ययन गर्न लाग्छ अनि बिकासको परिकल्पना त एकादेसको कथा ।
पत्र पत्रीका र समाचार माध्यमहरु गोयबल्स सैलिमा प्रस्तुत हुने, मन्त्रीले पि ए राख्दा चुनाबमा कुन आफन्तको ऋण खाइयाछ उसैले स्थान पाउने भलै उ विषय बस्तुको ज्ञाता होस या नहोस । निर्माण कार्यको लागि टेन्डर हाल्दा गोप्य शिलबन्दी होइन कि पाखुरामा शिल्बन्दी कसको छ उसैले पाउने अनि बाडी चुडी खांदा बीस प्रतिशतको पनि काम नहुने, हरेक क्षेत्रमा नातावाद, कृपाबाद, आशीर्वाद, चम्चागिरी, दादागिरी, चाप्लुसीको झाङ बढ्दै गएकोले स्वच्छ छबीको चरित्रवान, नैतिकवान, विवेकसिल टेक्निकल ज्ञान भएको मानिसले कहिले पाउने मौका ?
तसर्थ बुझेर या नबुझि एमसीसीको बहस चर्कोरुपमा भइरहेको बेला फेरि अर्को घन्टी बिरालोको घाँटीमा बज्दै छ त्यो हो अंगीकृत नागरिकताबारे ! साच्चै बिदेसीले नेपालीसंग वैवाहिक सम्बन्ध कायम राखेमा कम्तिमा पनि सात वर्षपछि मात्र नेपाली नागरिकता पाउने प्राबधान राखौ भन्दा कुनै दल र ब्यक्ति विशेषलाइ किन आपत्ती ? तसर्थ यस मामलामा पनि समयमा नै सोचौं देसलाइ साच्चै फिजीकरणतिर नधकेलौ !