जेठ ३१, बाँके । भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा बाँकेका १९, बर्दियाका ६ र रोल्पाका १७ जनामा गरि ४२ जनामा कोरोना सङ्क्रमण देखिएको छ ।
भेरी अस्पताल नेपालगञ्जका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाश थापाका अनुसा ,बाँकेको राप्ती सोनारी गाउँपालिकाका १५, खजुरा गाउँपालिकाका तीन र नेपालगञ्ज उपमहानगरपालिकाका एकजनामा सङ्क्रमण देखिएको छ । यसैगरी बर्दियाको बारबर्दियाका ६ र रोल्पाको सुनीलस्मृति गाउँपालिकाका १२ र बमरुक गाउँपालिकाका पाँच जनामा सङ्क्रमण देखिएको हो ।