जेठ २९, बाजुरा । बाजुराको त्रिबेणी नगरपालिकका क्वारेन्टाइनहरूमा सन २०१७ को म्याद भएका चामलहरू खुवाउने गरेको पाइएको छ । त्रिबेणी नगरपािलकाका बिभन्न क्वारेन्टाइनहरूमा यस्तो गरेको पाइएको छ ।

त्रिवेणी नगरपालिकाका प्रत्येक क्वारेन्टाईनमा २०१७ को म्याद गुज्ज्रेका चामल बितरण गरिएको पाईएको हो । त्रिवेणी नगरपालिका वडा नम्वर ३ को क्वारेन्टाईनमा म्याद गुज्ज्रेका चामल खाएर २ जनामा पखाला समेत चलेको क्वारेन्टाईनमा बसेका एक व्यक्तिले बताए । क्वारेन्टाइनमा बसेका मान्छेले म्याद सकिएको चामल खाएर पखाला चलेपछी सो कुरा बाहिर आएको हो ।
बुढीगंगा नगरपालिकाको बाम्का बजारको सन्देश जनरल स्टोर बाट लिएको चामलको कट्टमा सन २०१७ दलेखेको र मेटाएर २०२० लेखेको देखा परेको बताइएको छ । आफ्नो पसलबाट त्रिवेणीका सात ओटा क्वारेन्टाईनमा आफुले वितरण गर्दै गरेको सन्देश जनरल स्टोरका प्रो प्राइटर भगतराज गीरीले बताए । गीरीका अनुसार कम्पनिका चामल पुगेको १ हप्ता मात्र भएको र धेरै चामल बितरण गरिसकेको र ५० कट्टा बाँकी रहेको छ यसको गुणस्तर मापन गरिदिए राम्रो हुने बताएका छन् ।
आफ्नो कुनै कमजोरी नभएको र कम्पनीले यसरी पठाउदा लकडाउनका कारण कट्टा अभाव भएको र चामल नयाँ रहेको भनेपछी आफुले बितरण गरेको गिरीले बताए । सो पसल बाट त्रिबेणी नगरपालिका ७ ओटा क्वारेन्टाइनमा सो चामल बितरण गरीएको छ । यता वडा अध्यक्ष मिन भण्डारीका अनुसार आफुलाइ कुनै जानकारी नभएको बताएका छन् । यदि त्यस्तो चामल आएको भए तत्तकाल छानबिन गरी बितरण गर्ने साहुलाइ कार्बाहीको दायरामा ल्याउने वडाअध्यक्ष भण्डारीले बताएका छन् ।