• २०८३ बैशाख ५ गते शनिवार

भरुवा बन्दुकसहित एक पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ २७, ओखलढुंगा । ओखलढुंगाको सुनकोशी गाउँपालिका ४ टिपटारका एक युवकलाई प्रहरीले भरुवा बन्दुकसहित पक्राउ गरेको छ । प्रहरीले मानेभज्याङ गाउँपालिका ८ भालुखोलामा भरुवा बन्दुक लुकाई राखेको भन्ने गोप्य सूचनाका आधारमा २६ वर्षीय युवराज राईलाई पक्राउ गरेको हो ।

उनलाई जिल्ला प्रहरी कार्यालय ओखलढुंगा र प्रहरी चौकी हर्कपुरबाट खटिएको प्रहरी टोलीले बन्दुकसहित पक्राउ गरेको हो। उनलाई हातहतियार तथा खरखजना शीर्षकमा मुद्धा चलाई म्याद थप गरिएको प्रहरीले जानकारी दिएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस