• २०८३ जेष्ठ ३० गते शनिवार

लकडाउनको समयमा मुगुमा महिला हिंसाका घटना बढे

खड्क सुनार पढ्न लाग्ने समय : १ मिनेट

जेठ २३, मुगु । हिमाली जिल्ला मुगुमा लकडाउनको समयमा महिला हिंसाका घटनाहरु दिन प्रतिदिन बढ्दै गएका छन् । कोरोना भाईरस कोभिड १९ को रोकथाम तथा नियन्त्रणको लागि नेपाल सरकारले चैत ११ गते बाट लकडाउन अर्थात बन्दाबन्दि गरे पश्चमत पछिल्लो समय मुगुमा महिला हिंसाका घटनाहरु दिनप्रतिदिन बढ्दै गइरहेको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ ।

कार्यालयका अनुसार यो लकडाउनको समयमा विभिन्न विषयको शिर्षकमा महिला हिंसाका घटनाहरु बढेका हुन । हाल सम्म जिल्ला प्रहरी कार्यालय मुगुमा जवरजस्तीकरणी २, वहुविवाह १, घरेलु हिंसा २, सामाजिक हिंसा ३, गरि जम्मा ८ वटा महिला हिंसाका घटनाहरु घटेको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायव उपरिक्षक भुवनेश्वर प्रसाद साहले जानकारी दिए ।

शाहका अनुसार मुगु जिल्लामा रहेका ४ वटै स्थानीय तहमा कोभिड १९ भाइरस बाट बच्नको लागि जनचेतना मुलक सन्देश दिदै महिला हिंसा सम्बन्धि अपराध सम्बन्धिका गतिविधिहरु बाट बच्न कानुनी सन्देश समेत प्रहरी मार्फत दिने गरिएको उनले बताए ।

Sharing

प्रतिक्रिया दिनुहोस