• २०८३ असार ३ गते बुधवार

रोल्पाको लिबाङमा कार दुर्घटना, २ जना घाइते

सन्दिप डाँगि पढ्न लाग्ने समय : १ मिनेट

जेष्ठ १९, रोल्पा । रोल्पाको लिबाङ स्थीत पिपल चौतारा नजीक कार दुर्घटना हुदा २ जना घाइते भएका छन् । विरामि लगेर दाङ जाने भनि कोटगाउँबाट जिल्ला प्रशासनमा पास बनाउन आएको र फकिर्नेक्रममा हिजो राती करिव ११ बजे तिर दुर्घटनमा परेको हो ।

वा २ ज ४८ ५७ नम्वरको कार लिवाङको पिपलचौतार नजीकको सडकबाट पल्टीएर करिव ४० मिटर तल खोलामा खसेको जिल्ला प्रहरी कार्यलय रोल्पाका डिएसपी चित्र बहादुर गुरुङले जानकारी दिनुभयो । उक्त कारमा चालक सहित २ जना रोल्पा नगरपालीका वडा नंं ६ कोट गाउँ निबासी रुप वहादुर परियार, र जंकोट निवासी निमे डागी मात्र रहेका थिए । घाइते दुवै जनालाई प्रहरी र त्यहका स्थानियको उद्धारमा रोल्पा अस्पताल रेउघामा पुर्याएको र रेउघा अस्पतालमै उपचार भइरहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस