• २०८३ मङ्सिर २ गते मङ्गलवार

ज्यानको प्रवाह नगरी खटिए प्रदेश माननीय द्वय थापा

भावना हमाल पढ्न लाग्ने समय : २ मिनेट

जेठ १९, दैलेख । जिल्लाबाट निर्वाचित प्रदेश सभा सदस्य सुशिल थापा र अम्मर बहादुर थापा दैलेख बासिको मन मुटुामा रहन सफल हुनुभएको छ । कोरोना संक्रमण दैलेखमा फैलिएपछि उहाँहरु उद्दार, राहत, क्वारेन्टाइन व्यवस्थापन, औषधी उपचारमा दुवै सांसद दिनरात निकै खटिनुभएको हो।

आफ्नो ज्यानको प्रवाह नगरी कोरोना संक्रमण क्षेत्रमा खटिएका दुई सांसद प्रदेश सभामा जान नपाउने भनिएको छ । कोरोना प्रभावित क्षेत्रमा खटिएका सांसदमा समेत कोरोना जोखिम हुने भन्दै एक हप्ता सम्म उहाँहरु प्रदेश सभामा प्रवेश रोक लगाइएको जनाइएको छ ।

सभामुख राज बहादुर शाहीले आइतबार फोन सम्पर्क गरी दुवै प्रदेश सदस्यहरुलाई एक सातासम्म प्रदेश सभामा नआएर होम क्वारेन्टाइनमा बसिदिन आग्रह गर्नुभएको थियो ।

भोलिका दिनमा जनताबाट गाउँमा जान निषेधित हुनु भन्दा यो बिषम परिस्थितिमा प्रदेश सभामा जान निषेधित हुनु नै ठीक भएको युवा अनि कर्मशील सांसद सुशील थापाको भनाई छ । दैलेख जिल्लाको दुल्लुमा ५० शैयाको आइसोलेसन अस्पताल निर्माणको काम छिटटै सुरु गर्ने र तत्कालको लागी दोणाञ्चल क्याम्पसमा व्यवस्था गरिने थापाले बताउनुभयो । र ५० शैयाको आइसोलेसन अस्पतालमा ५ कोठा सुरक्षा कर्मी र स्वास्थ्य कर्मीलाई प्रयोगको लागी ल्याईने उहाँले बताउनुभयो ।

दैलेखमा तिब्र गतिमा बढेको कोरोनाको कहरसंग जुद्द्न दैलेख प्रदेश सभाका सदस्य अम्मर बहादुर थापाको समन्वयमा कर्णाली प्रदेश सरकारले फास्ट ट्रयाकमा कोरोना अस्पताल निर्माण कार्य सुरु गरेका छन् । उक्त अस्पताल तिब्र गतिमा निर्माण गरि नमुना कार्य गर्नका लागि निर्माण ब्यबसायीलाई सांसद अम्मर बहादुर थापाले विनम्र अनुरोध गर्नुभएको छ ।

यस्तै वर्षाद सुरु हुदै छ, भौगोलिक हिसावले कर्णाली प्रदेश विकट छ । हाम्रो क्वारीन्टीन अवस्था वेहाल छ । स्थानिय तहका सबै बाटोहरू बन्द हुनेछन , स्वाव संकलन को लागी स्वास्थ्य कर्मी सम्बन्धीत ठाउँमा पुग्न सक्ने छैन। यो महिना भित्र भारतबाट आएका सवै नागरिकको पिसिआर विधि बाट परिक्षण व्यापक बनाइएन भने छिटो भन्दा छिटो कोरोना भाईरस नियन्त्रण गर्ने नसकिने कर्णालीबासी बुद्धिजिवीहरुको भनाई छ ।

Sharing

प्रतिक्रिया दिनुहोस