• २०८३ असार १२ गते शुक्रवार

बाजुरामा २ बर्षिया बालिकाको काेराेनाका कारण मृत्यु, आमा पनि कोरोना संक्रमित

राजेन्द्र बहादुर रोकाया पढ्न लाग्ने समय : २ मिनेट

जेठ १८, बाजुरा । बाजुराको जिल्ला अस्पताल आइसोलेसनमा राखिएको बालिका कोरोनाबाट मृत्यु भएको छ । बुढिगंगा १ घर भएका २ बर्षिय बालिकाको आईतवार बिहान मृत्यु भएको थियो । उनको सेति प्रादेशिक प्रयोगशालमा स्वाब संकलन गरि पठाएको थियो ।

आईतवार दिउँसो आएको रिपोटमा उनको कोरोनाका कारणले मृत्यु भएको शुदुरपश्चिम स्वास्थ्य निर्देशानलयले जनाएको छ । मृतक बालिका की २३ बर्षिय आमालाई पनि कोरोना पुष्टि भएको छ । संक्रमित आमा पनि सदरमुकाम मार्तडीमा रहेको जिल्ला अस्पतालको आइसोलेसनमा राखिएको छ । बुवाको रिपोट भने नेगेटिभ आएको छ । मृतक वालिका आमा र बुवाको लाई जेठ १५ गते आइसोलेसनमा राखिएको थियो । तिनै जनाको स्वाब धनगढी पठाईएको थियो ।

बुढिगंगा नगरपालिका १ धुरालसैनमा माबिको क्वारेन्टाइनमा अबस्था जटिल भएपछि सदरमुकाम मार्तडीमा रहेको आइसोलेसनमा जेठ १५ गते साझँ राखिएको थियो ।

२ बर्षका उक्क्त बच्चामा पखाला, ज्वरो, श्वासप्रश्वास समस्या बाट ग्रसित रहेका थिए । बच्चाको उपचार त गरिरहेका छौ, अबस्था निकै चिन्ताजनक रहेको थियो उनलाई बचाउन नसकिएको उपचार संलग्न चिकित्सकले बताएका छन् । ८ दिन अगाडी उनको परिवार भारत बाट आएका थिए । भारत बाट आएर बुढिगंगा नगरपालिकाको क्वारेनटाइनमा राखिएको थियो, बच्चा बिरामी भएपछि, बिहिवार साझ सदरमुकाम मार्तडीमा रहेको आइसोलेसनमा ल्याइएको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस