जेठ १०, काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार नेपालमा थप ३६ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमितको कुल संख्या ५८४ पुगेको छ ।
शनिबार मात्र थप ६८ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । शनिबार अपरान्हको पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले ३६ जना कोरोना संक्रमित थपिएको बताएका हुन । बिहान मन्त्रालयले विज्ञप्तिमार्फत थप ३२ मा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको थियो ।
https://www.facebook.com/Khabar24nepal/videos/254382819006962