जेठ ७, काठमाडौं । नेपालमा थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार प्रदेश नं. १ मा थप ७ जनामा कोरोना संक्रमण देखिएको हो ।
मन्त्रालयका अनुसार झापामा ५ जना, धनकुटामा १ र धरानमा १ जनालाई कोरोना भाइरस (कोभिड १९) पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ सय ३४ पुगेको छ ।