• २०८३ कार्तिक २८ गते शुक्रवार

थप ९ जना कोरोना संक्रमित, संक्रमितको संख्या २६७

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ २,  काठमाडौं । पर्सा, उदयपुर, काठमाडौं र दाङका गरी ९ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र बाँकेस्थित भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा सो संख्यामा कोरोना संक्रमण पुष्टि भएको हो ।

पर्साको वीरगन्ज निवासी १९ र १० वर्षीय बालक, २३ र ४७ वर्षीय महिला, उदयपुरको त्रियुगा नगरपालिका निवासी २५ वर्षीय पुरुष तथा दाङको गढवा ४ र ५, तुलसीपुर–७ निवासी २३, ३६ र ३४ वर्षीय पुरुष तथा काठमाडौंको सतुंगल निवासी ७ वर्षीय बालकमा कोरोनाको पुष्टि भएको छ ।

उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र स्वास्थ्यकर्मीकाे सम्पर्कमा रहेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जननाएकाे छ ।

Image may contain: text

Sharing

प्रतिक्रिया दिनुहोस