• २०८३ कार्तिक २० गते बिहिवार

युवा संघ जाजरकोट सयोजक शाही निलम्बित

रेशम बहादुर खड्का पढ्न लाग्ने समय : २ मिनेट

बैशाख २३, जाजरकोट । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका युवासङ्घ नेपाल जाजरकोटका निलम्बनमा परेका छन । नेकपाका युवासङ्घ नेपाल केन्द्रीय कार्यालयले एक बिज्ञेप्ती सार्वजनिक गर्दै जिल्ला संयोजक दिपेन्द्र शाही निलम्बन भएको जनाएको छ ।

जिल्लाको भेरी नगरपालिकाका प्रमुख चन्द्रप्रकाश घर्तीमाथि आक्रमण गरेका शाही लाइ मंगलवार केन्द्रीय समितिले निलम्बन गरेको राष्टिय युवा संघ जाजरकोटका इन्चार्ज विश्व बिक्रम शाहले जानकारी दिए । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवं नगरप्रमुख घर्तीमाथि गत बैशाख १३ गते शनिबार जिल्लाको भेरी नगरपालिका–१० को फेराखोलास्थित भेरी नदीको किनार छेउमा आक्रमण भएको थियो ।

साविकको पुन्मा गाविसका अध्यक्ष मधु चन्दको मृत्युपछि उनको मलामी गएका नगरप्रमुख घर्तीलाई सत्तारूढ नेकपाका युवासङ्घ नेपाल जाजरकोटका निलम्बीत संयोजक शाहीको समूहले आक्रमण गरेको जाजरकोटका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिए ।
उनले शाही र उनका भाइहरुको समूहले नगरप्रमुख घर्तीमाथि ढुङ्गा र मुक्का प्रहार गरेर आक्रमण गरेका थिए । घटना लगतै राष्टिय युवा संघ जाजरकोटका इन्चार्ज विश्व बिक्रम शाह र भेरी नगरपालिका संयोजक लोकेन्द्र चन्दले सयूक्त विज्ञप्ति निकाल्दै दोषीमाथि बर्खास्त सहित कारवाहीको माग गर्दै युवासङ्घ केन्द्रीय समितिलाई माग गरेका थिए ।

हाल निलम्बीत संयोजक शाही फरार रहेको संघका जाजरकोट इन्चार्ज शाहको भनाइ छ । नगरप्रमुख घर्तीलाई आक्रमण गर्नेहरुको व्यापक खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी प्रमुख किशोरकुमार श्रेष्ठले जानकारी दिए । जिल्ला प्रहरी कार्यालय जाजरकोटमा मुदा दर्ता भैसकेकोले खोजी कार्य जारी रहेको उनको भनाइ छ । नगर प्रमुख घर्ती नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को कर्णाली प्रदेश समिति सदस्यसमेत हुन् ।

Sharing

प्रतिक्रिया दिनुहोस