बैशाख १५, भक्तपुर । महानगरीय प्रहरी परिसर भक्तपुरले आफ्नै बहिनीलाई बलात्कार गरेको अभियोगमा दाइलाई पक्राउ गरेको छ । सिन्धुपाल्चोक घर भई हाल मध्यपुर ठिमी नगरपालिका वडा नम्बर ९ बोडेमा बस्दै आएका बर्ष २३ का दाजुले आफ्नै १४ वर्षकी बबहिनीलाई जवरजस्ती करणी गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको हो ।
उनलाई महानगरीय प्रहरी परिसर भक्तपुरले बहिनीले दिएको जवरजस्ती करणी गरेको किटानी जाहेरीको आधारमा पक्राउ गरेको हो । दाजुलाई नियन्त्रणमा लिई भक्तपुर जिल्ला अदालतबाट दिन ७ को म्याद थप गरि जवरजस्ती करणी तथा हाडनाता करणी सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जानकारी दिएको छ ।