• २०८३ जेष्ठ ९ गते शनिवार

आरडिटि पोजेटिभ आएका नागरिकको पिसिआर रिपोट नेगेटिभ

खड्क सुनार पढ्न लाग्ने समय : २ मिनेट

बैशाख ८ मुगु । ¥यापिड डाईग्नोस्टिक टेष्ट(आरडिटी) मा पोजटिप देखिएका मुगुका एक व्यक्तिको थ्रोट स्वाव पिसिआर परिक्षणमा नेगेटिभ रिपोर्ट आएको छ । जिल्ला स्वास्थ्य सेवा कार्यालयको स्वास्थ्यकर्मीहरुको टोलीले ४ गते खत्याड गाँउपालिकाको श्रीकोट स्वास्थ्य चौकीमा आरडिटि परिक्षण गर्दा सोहि गाँउपालिका वडा नं ५ का एकको रिर्पोट पोजेटिभ आएको थियो ।

आरडिटि रिपोट पोजेटिप आएपछि शंकास्पद व्यक्तिको स्वाब पिसिआर परिक्षणका लाग ीशनिबार कणाली प्रदेश अस्पताल सुर्खेतको ल्यावमा पठाईएको थियो सो स्वाबको पिसिआर परिक्षण हुदा नेगटिप रिर्पोट आएको जिल्ला स्वास्थ्य सेवा कार्यालयका प्रमुख डाक्टर निर्मल नगरकोटीले जानकारी दिए । चैत ७ गते भारतबाट ५५ जना अन्य साथीहरुको साथमा नेपाल आएका उनीमा आरडिटि रिर्पाेट पोजेटिप आएपछि जिल्ला नै त्रसित भएको थियो । सबै जना पिसिआर रिर्पाेट के आउने भनी प्रतिक्षामा थिए ।

यो संगै आईतबारसम्म मुगु जिल्लाका ६ जनाको पिसिआर र १७२ जनामध्ये १७१ को आरडिटि रिपोट नेगेटिप आएको छ भने १ जनाको आरडिटि परिक्षणमा पोजटिप आएको जिल्ला प्रशासन कार्यालयका प्रमुख कृष्ण कुमार निरौलाले बताए ।

खत्याड गाँउपालिकामा मात्र ३०० जना बढी भारतबाट आएको र पहिलो चरणमा गरिएको आरडिटि परिक्षणमा एकजनाको रिर्पोट पोजेटिप आएपछि थप किट सहित कर्णाली स्वास्थ्य विज्ञान प्रतिस्ठान जुम्लाबाट डा शुनिल बुढथापाको नेतृत्वमा ६ सदस्यिय स्वास्थ्यकर्मीको टोली शनिबार खत्याड गाँउपालिका पुगेको थियो । शनिबार दिनभरी खत्याड ५ खमालेमा प्रतिस्ठानको टोलीले ४० जन ाव्यक्तिहरुको आरडिटि परिक्षण गरेको र सबैको रिर्पोट नेगटिप आएको खत्याड गाँउपालिका स्वास्थ्यशाखा उपसंयोजक हरि बहादुर बुढाले जानकारी गराउनु भयो ।

जिल्लामा भारत लगायत तेसो्र मुलुकबाट आएका व्यक्तिहरु १००० जनाभन्दा धेरै भएकाले उनीहरुको आरडिटि परिक्षण यथाशिघ्र गर्न र कोहि कसैलाई कोरोना भाईरस शंक्रमण भए अन्यमा फैलिनदिन समय मै पत्तालगोस भनेर जिल्लामाप्राप्त १४० र कणाली स्वास्थ्य विज्ञान प्रतिस्ठानले ल्याएको आरडिटी किट अपुगहुने भएकाले थप १००० वटा थप आरडिटि किट सहित आवश्यक चिकित्सक टोली मुगु जिल्लाका खत्याड र सोरु गाँउपालिकामा पठाई दिने व्यवस्था मिलाई दिन नेपाल सरकार कोभिड संकट व्यवस्थापन केन्द्र, शान्ति सुरक्षा अनुगमन तथा नियन्त्रण कार्य समुह काठमाडौ,गृह मन्त्रालय, कर्णालीप्रदेश मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, आन्तरिक तथा कानुन मन्त्रालय, सामाजिक विकास मन्त्रलालय र स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लालाई ५ गते जिल्ला संकट व्यवस्थापन केन्द्रले निर्णय गरेर पठाएको केन्द्रका संयोजक एव ंप्रजिअ कृष्ण कुमार निरौलाले बताउनु भयो ।

Sharing

प्रतिक्रिया दिनुहोस