चैत २९, सुनवल । नवलपरासी उद्योग वाणिज्य संघले जिल्लामा रहेका मजदुर गरिव विपन्न वर्गहरुको लागी भन्दै स्थानिय तहमार्फत वितरण हुने गरि राहत सामाग्री स्थानिय तहहरुलाई उपलब्ध गराएको छ । जिल्लाका प्रत्येक स्थानिय तहलाई एक-एक हजार किलो सोना स्टीम चालम राहत स्वरुप उपलब्ध गराएको उवा संघले आज शनिवार वर्दघाट, सुस्ता, प्रतापपुर र सरावल गाँउपालीकालाई उपलब्ध गराएको छ भने चैत्र २८ पाल्हीनन्दन गाउँपालीका र सुनवल नगरपालिकालाई उपलब्ध गराएको थियो ।

त्यस्तै चैत ३० रामग्राम नगरपालिकालाई राहत सामाग्री उपलब्ध गराउने उ.व संघले जानाएको छ । दैनिक मजदुरी गरेर खाने अति गरिव विपन्न मजदुरहरु कोराना भाइरसको महामारीलाई रोकथाम तथा नियन्त्रण गर्नको लागी गरिएको लकडाउनका कारण प्रभावित भएको भन्दै उनिहरुको दैनिकीलाई सहज बनाउनका निम्ती जिल्लाका उद्योगी , व्यावसायी तथा वर्तमान कार्यसमितिबाट राहत संकलन गरि जिल्लाका सवै नगर तथा गाउँपालीकाहरुलाई राहत समाग्री स्वरुप एक एक हजार किलो सोना स्टीम चालम उपलब्ध गराइएको उद्योग वाणिज्य संघ नवलपरासीका अध्यक्ष केशब भण्डारीले बताउनुभयो ।
जिल्लाका सवै स्थानिय तहहरुमा राहत उपलब्ध गराउने कार्यक्रममा संघका अध्यक्ष भण्डारी, उपाध्यक्ष नगेन्द्र अग्रहरी, महासचिव गिरिराज पाण्डे, सचिव तारा अचार्य, कार्यकारी सदस्य भोला पराजुली, सम्झाना चौधरी लगाएको उपस्थीती रहेको थियो ।