• २०८३ बैशाख ७ गते सोमवार

सुनवल नगरपालिकाको ४ मा प्रथम चरणको राहत वितरण कार्य सम्पन्न

विमल भट्टराई पढ्न लाग्ने समय : १ मिनेट

चैत २७, सुनवल। सुनवल नगरपालिकाको वडा नम्वर ४ मा प्रथम चरणको राहत वितरण कार्य सम्पन्न भएको छ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागी गरिएको लकडाउन का कारण नगर क्षेत्रभित्र रहेका दैनिक मजदुरी गरेर खाने गरिव तथा विपन्न घरधुरीलाई वडा मार्फत पहिलो चरणको राहत वितरण सम्पन्न भएको राहत वितरण समिति का संयोजक वडा नम्वर ४ का अध्यक्ष विर वहादुर गुरुङले जानकारी दिनुभयो ।

वडा नम्वर ४ मा राहतका लागी १ सय ८९ घरधुहरु छनोट भई आएका थिए भने १ सय ८१ घरधुरीले राहत लिएको ८ घर धुरीले राहत नलिने स्वघोषणा गरेको वडा सचिव सुरज पराजुलीले जानकारी दिनुभयो । चैत्र २६ देखि सुरु गरिएको राहत वितरण कार्यक्रममा समितिका सदस्यहरु , रमा ढकाल, दशरथ कुमाल, गुन वहादुर थापा, वालकृष्ण पंगेनी, कुमिसरा विक, किशोर कमाचार्य, हरि कंडेल र ईप्रका सुनवलका प्रतिनिधि महेश रायमाझि लागएतको सक्रियता रहेको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस