चैत्र २६, काठमाडौं । आज दिउँसो देशको पश्चिमी भू-भाग लगायत पुर्वी तथा मध्य पहाडी भू-भागमा आँशिक देखि सामान्य बदली रहि बाँकी भू-भागमा आंशिक बदली रहनेछ। पश्चिमी भु-भागका थोरै स्थानहरुका साथै पुर्वी र मध्य पहाडी भू-भागको एक-दुई स्थानमा मेघ-गर्जन, चट्याङ, हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ। यस्तै राती देशको पुर्वी तथा मध्य भू-भाग लगायत पश्चिमी पहाडी भू-भागमा आँशिक देखि सामान्य बदली रहि बाँकी भू-भागमा आंशिक बदली रहनेछ। पहाडी भू-भागका एक-दुई स्थानमा मेघ-गर्जन,चट्याङ सहित वर्षाको सम्भावना रहेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनसार देशको पश्चिमी भू-भाग लगायत पुर्वी तथा मध्य पहाडी भू-भागमा आँशिक देखि सामान्य बदली रहेको छ भने हाल देशमा स्थानिय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।
मौसम पूर्वानुमान महाशाखा देशको पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ सहित क्षणिक वर्षा हुन सक्ने देखिएकोले सामान्य सतर्कता अपनाउन हुन सबैमा अनुरोध गरेको छ ।